+
+

किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ पक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:४४

९ वैशाख, काठमाडौं । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।

पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाई र कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया मन्त्रालयले सुरु गरेको जानकारी दिए ।

सो पार्टी र त्यसबेला मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते चियावारी कटेजमा वार्ता सम्पन्न भएको थियो ।

वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाटसंयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए ।

त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता कार्यकर्ता थुनामा छन् भने आधा दर्जन बढी मुद्दा छन् । कानुन अनुरुप मिल्ने मुद्दा फिर्ता र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरु भएको हो । सो पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?