+
+

भरतपुर महानगरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १४:३१

९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए ।

सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?