+
+

भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १६:०१
फाइल तस्वीर

९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।  ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?