+
+

मोरङमा गठबन्धनबीच भागबण्डामा किचलो

कांग्रेसले नमानेको माओवादीको आरोप

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख ९ गते १८:५७

९ वैशाख, विराटनगर । मोरङमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो देखिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो अडान नछाडेपछि ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन नहुने सम्भावना बढेर गएको गठबन्धनका एक नेताले बताए ।

‘गठबन्धनका लागि कोसिस भइरहेको छ । मनोनयन फिर्ता लिने दिनसम्म सहमतिका लागि हामी प्रयास गर्छौं,’ कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले भने, ‘सहमति नभए मित्रवत् प्रतिष्पर्धा हुन्छ ।’

नेकपा एमाले प्रदेश १ सचिव गणेश उप्रेतीले गठबन्धनका लागि पटक–पटक प्रयास गर्दा पनि कांग्र्रसका कारण सफल नभएको आरोप लगाए ।

पछिल्लो छलफलमा कांग्रेसले गठबन्धन नगर्ने र सबै पालिकाको प्रमुखमा उम्मेदवारी दिने बताएको थियो । ‘डा. शेखर कोइराला पक्षधर जिल्ला नेतृत्वमा रहेका कारण गठबन्धनका लागि तयार देखिएका छैनन्,’ बैठकमा सहभागी गठबन्धनका एक नेताले भने,‘ आजबाट काङ्ग्रेसले नमिल्ने कुरा गर्दैछ ।’

विराटनगर महानगरपालिकामा केन्द्रीय स्तरमा नेताहरुले सहमति गरेका छन् । मोरङका अरु पालिकामा गठबन्धन नभए महानगरको गठबन्धनको अर्थ नरहने माओवादी नेता उप्रेतीले बताए । गठबन्धन दलले विराटनगरको मेयर कांग्रेसले लिने र उपमेयर जसपालाई दिने सहमति गरेका छन् । मेयर उपमेयरको भागबण्डा भएपनि वडा तहमा गठबन्धनका लागि गृहकार्य भएको छैन ।
१७ वटा पालिका रहेको मोरङमा विराटनगर महानगरपालिका छाड्नुपरेपछि माओवादी केन्द्रले दुई नगरपालिकासहित पाँच पालिकामा दाबी गरेको थियो ।

कांग्रेस सभापति लिम्बूका अनुसार मोरङमा माओवादी केन्द्रले ६, जसपाले ४, नेकपा एकीकृत समाजवादी पार्टीले २ पालिकामा दाबी गरेका कारण समस्या देखिएको बताए ।

सुनसरीमा पनि गठबन्धनबीच सहमति भएको छैन । माओवादीले एउटा पालिका मागेको थियो । तर नेपाली कांग्रेस दिन तयार नभएपछि छलफल प्रक्रिया अघि नबढेको नेकपा माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष शिव डाँगीले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?