+
+

विजय सरावगीको घोषणापत्र : पार्टी नयाँ, प्रतिबद्धता पुरानै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २०:४०

९ वैशाख, वीरगञ्ज । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका कमिटीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमालेबाट मेयर उम्मेद्वारमा सिफारिस भएका विजय सरावगीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो आफ्नो मात्र नभई पार्टीको प्रतिबद्धता पत्र भएको बताए । भोलिका दिनमा यहि प्रतिबद्धता पत्रलाई स्थानीय, प्रदेश र केन्द्रबाट संसाधन जुटाएर अधिकतम काम पूरा गर्न प्रयास गर्ने उनको प्रतिबद्धता छ ।

२०७४ को चुनावमा संघीय समाजवादी फोरमबाट मेयर बनेका उनले मेरो कसम शीर्षक दिएर प्रतिबद्धता गरेका थिए । तर त्यो पूरा नभएपछि उनको आलोचना हुँदै आएको छ ।

यसपटक एमालेकोतर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले भने, ‘मान्छेहरुले मलाई ‘मेरो कसम’ भनेर गाली गरे, वास्तवमा त्यो पार्टी (संघीय समाजवादी फोरम)को घोषणापत्र थियो । प्रतिबद्धता पुरा गर्ने दायित्व पार्टीको पनि हुन्छ ।’

सरावगीले मापदण्ड पुरा नगरी वीरगञ्जलाई महानगर बनाएको र केन्द्र तथा प्रदेश सरकारले महानगरलाई नसघाएको आरोप पनि लगाए ।

यो पटक एमालेबाट मेयर उठ्ने तयारीमा रहेका उनले ग्रेटर वीरगञ्जको अवधारणा अघि बढाउने बताए । ‘१६ वटा वडा ग्रामीण वडा हो, त्यसमा नयाँ ग्रेटर वीरगञ्जको धारणा ल्याउनैपर्छ’, सरावगीले भने, ‘चुनावमा जिते प्रतिबद्धता पूरा गर्न आवश्यक नीति कानुन बनाउँछु । बजेटको तर्जुमा गर्छु ।’

वीरगञ्ज आईसीपीे नजिकै जग्गा अधिग्रहण गरेर नयाँ बस्ती बसाउने, काठमाडौंको बागमती करिडोर जस्तै सिर्सिया करिडोर बनाउने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।

एमाले अध्यक्ष जयप्रकाश थारुले वीरगञ्जलाई नमुना, सुन्दर, स्वच्छ बनाउन र हरेक क्षेत्रको सर्वाङ्गिण हिसाबले विकास गर्न आफूहरु लागि पर्ने बताए । एमाले पर्साका इन्चार्ज प्रभु हजाराले वीरगञ्जमा नगर प्रमुख सरावगीले एक्लै लडेर भए पनि विकास निर्माणको काम अघि बढाएको बताए । ‘सरावगीले तत्कालीन पार्टीबाट असहयोग भए पनि विकासको काम अघि बढाएका छन्,’ उनले भने ‘अब नेकपा एमालेसँग भिजन र योजना छ, काम गर्ने मान्छे महानगर प्रमुख आइसकेका छन् । विकासको गति बढ्छ ।’

‘विकास र समृद्धिको एक मात्र आधार, वीरगञ्ज महानगरमा एमालेको सरकार’ भन्ने नारा दिइएको प्रतिबद्धता पत्रमा शिक्षा, जन स्वास्थ्य, पूर्वाधार, युवा सशक्तिकरण/खेलकुद, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि/सहकारी, सामाजिक जागरण, निजी क्षेत्रसँग साझेदारी, भाषा साहित्य/कला र सांस्कृति, स्वच्छ सुन्दर महानगर बनाउन गरिने क्रियाकलापसहित ११ वटा मुख्य विषयबस्तु छन् ।

घोषणा पत्रको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?