+
+

धनगढीको मेयरमा कांग्रेसले वडलाई दोहोर्‍याउने

महरालाई प्रदेशमा लैजाने सहमति

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख ९ गते २१:५२

९ वैशाख, धनगढी । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

वडले अनलाइनखबरसँग भने, ‘सम्भवः कार्यसम्पादन समितिको बैठकले भोलि टुङ्गो लगाउँछ होला ।’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए । फेरि टिकट पाउने निश्चित भएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ ।

मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ । नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो ।

सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन ।

२०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?