+
+
Shares

कांग्रेसबाट वीरगञ्जको उपमेयर उम्मेदवारमा १३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ८:५३

१० वैशाख, वीरगञ्ज । नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस भएको छ । वीरगञ्ज महानगर कमिटीले आकांक्षी १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो ।

केन्द्रबाट गठबन्धन गर्दा वीरगञ्ज महानगरपालिकामा कांग्रेसले उप मेयर पाएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्न पाउँदा जित्ने सम्भावना बढी हुने भएपछि आकांक्षी बढी देखिएका हुन् ।

उपमेयरका लागि हालकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठको नाम सिफारिस भएको नेपाली कांग्रेस महानगरपालिका समिति स्रोतले जनाएको छ ।

मेयरका आकांक्षीहरु पनि उपमेयरमा दाबेदारी दिन आएपछि आकांक्षीको संख्या बढी देखिएको हो । नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकांक्षी थिए । मेयर जसपाको भागमा परेपछि उनीहरुले उप मेयरमा दाबेदारी दिएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?