+
+

नयाँघरेकोे याकजी विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ११:२७

१० वैशाख, काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन गरिएकोे छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वणर्न छ ।

विमोचनपछि नाटककार मल्लले डोल्पाली समाजको असाध्यै सूक्ष्म वणर्न गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूणर् रहेको बताए ।

समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको बताए । विवरणभन्दा अनुभूतिले भरिभराउ रहेको कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको उनको भनाइ छ । उनले भने, ‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको र कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार यसमा भेट्न सकिने बताए ।

समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले नयाँघरेको लेखनबाट आपूm प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने बताइन् ।

उनले भनिन्, ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ ।’

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कणर्ालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गरे । डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व भन्दै उनले भने, ‘विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु ।’

‘देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो, हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ’ उनले भनेका छन् ।

नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?