+
+

पर्सामा मुख्य दलहरुले भोलि मनोनयन दर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:०१

११ वैशाख, वीरगञ्ज । पर्सामा मुख्य दलहरुले भोलि मनोनयन दर्ता गराउने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।

एकै दिन चाप कम होस भनेर दुई दिन राखिएको भए पनि मुख्य दलहरुले भोलि नै उम्मेदवारी दर्ता गराउने भएका छन् । आकांक्षी धेरै भएर उम्मेदवारको टुंगो लाग्न नसकेका कारण दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्न लागेका हुन् ।

हाल पर्सामा कुनै पनि दलले १४ वटै पालिकाको उम्मेदवार टुंगो लगाएका छैनन् । पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीले मनोनयन दर्ताका लागि सोमबारको समय माग गरेको निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् । उनका अनुसार कुनैपनि दलले आईतबारका लागि समय लिएका छैनन् ।

कांग्रेसले सोमबार दिउँसो २ बजे, नेकपा एमालेले अपरान्ह ३ बजे र लोसपाले अपरान्ह साढे ३ बजेका लागि समय माग गरेको छ । जनता समाजवादी पार्टीले पनि सोमबार मनोनयन दर्ता गराउने तयारी गरिरहेको छ ।

वीरगञ्जसहित अधिकांश पालिकामा भोलि मनोनयन दर्ता गराउने जसपाका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवले जानकारी दिए ।

‘ महानगरको उम्मेदवार केन्द्रले आज निर्णय गरेर पठाउँछ होला, बाँकी अधिकांश पालिकाकाको उम्मेदवार टुंगो लगाईसकेका छौं ।’ उनले भने ‘ उम्मेदवारको टुंगो लगाएर भोलि मनोनयन दर्ता गर्छौ ।’

समय नलिए पनि इच्छुक जो कोही योग्य व्यक्तिले आइतबार नै मनोनयन दर्ता गराउन सक्नेछन् । हरेक दल र इच्छुक योग्य नेपाली नागरिकले आ-आफनो पालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जिल्ला निर्वाचन अधिकारी झाले जानकारी बताईन् ।

वीरगञ्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने अन्य स्थानीय तहहरुमा नगर तथा गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्सामा ६ वटा राष्ट्रिय दलसहित ३३ वटा दल दर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?