+
+

सप्तरीको सुरुङ्गा नगरपालिकामा जसपा र माओवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:२६

११ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ ।

जसपाले साबिर खानलाई मेयरको र माओवादीले जनयुद्धका घाइते तत्कालीन कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

जसपाका नगर अध्यक्ष दिनेश कुमार यादव र नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर खपांगी मगरले आइतबार विज्ञप्ती जारी गर्दै दुबै दलबीच तालमेल भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?