+
+

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:३१

११ वैशाख, प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्का उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै माण्डवी गाउँपालिकाको अध्यक्षका लागि श्रीधर रोका  र उपाध्यक्षका लागि सम्झना घर्ती उम्मेदवार बन्ने भएका छन् । दुवै जनालाई पार्टीले पुनः दोस्रो कार्याकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव माधव शर्माले जानकारी दिए ।

मल्लरानी गाउँपालिकामा अध्यक्षका लागि सुनिल शाही र उपाध्यक्षमा ईश्वरा आचार्य, नौबहिनी गाउँपालिकामा अध्यक्षका लागि डिलबहादुर थापा र उपाध्यक्षका लागि बिष्णु थापा केसी, गौमुखी गाउँपालिकाको अध्यक्षमा जुमानसिंह जीसी र उपाध्यक्षमा ज्ञानुमाया केसी उम्मेदवार बन्ने भएका छन् ।

यस्तै ऐरावती गाउँपालिमा अध्यक्षका लागी श्यामबहादुर थापा र उपाध्यक्षका लागि कमलाकुमारी ज्ञवाली उम्मेदवार बन्ने भएका छन् ।

एमाले सचिव शर्माका अनुसार झिमरुक गाउँपालिकामा उपाध्यक्षका लागि विष्णु घर्तीको नाम टुङ्गो लागेको छ। आइतबार साँझसम्म अध्यक्षमा उठ्ने उम्मेदवारको नाम समेत टुङ्गो लागिसक्ने शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?