+
+

म्यानचेस्टर युनाइटेडमा इरिक टेन हागका चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:०५

११ वैशाख, काठमाडाैं । महान प्रशिक्षक सर एलेक्स फर्गुसनले सन् २०१३ मा पद छाडेपछि म्यानचेस्टर युनाइटेडले स्थायी नियुक्ति दिएका पाँचौं प्रशिक्षक हुन्– इरिक टेन हाग । उनी टिमको प्रदर्शन सुधारमा लाग्नुअघि ओल्ड ट्राफोटमा देखिएको समस्या समाधानमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

उनी एक हिसाबले सहि समयमा प्रशिक्षक बनेका छन् । डेविट मोयस, लुइस भान, जोसे मोउरिन्हो र ओले गनर सोल्सायरपछि क्लबको जिम्मा उनको काँधमा छ । हागका लागि तत्काल प्राथमिकतामा पर्नुपर्ने विषय भनेको ओल्ड ट्रफोटमा देखिएको संरचनात्मक समस्या हो ।

५२ वर्षीय हागका लागि यो अवस्था आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । कम प्रतिस्पर्धात्मक लिगमा उच्च प्रसिद्धि कमाएका उनका लागि इंग्लिस प्रिमियर लिग र म्यनचेस्टर युनाइटेडजस्तो टिमलाई कुन दिशामा लैजाने भन्ने ठूलो आशा राखिएको छ ।

म्यानचेस्टरमा आएपछि हागले धेरै समस्याहरुको समाधानका बारेमा सोच्नु पर्ने छ । तीमध्ये केहि यस्ता छन्–

शंका चिर्नुपर्ने

हाग फुटबल प्रशिक्षणको हिसाबले भन्ने हो भने एक अनौठो दुनियाँमा प्रवेश गर्दैछन् । उनी एक प्रगतिशील प्रशिक्षक हुन् ।

म्यानचेस्टरले एक प्रगतिशील शैलीका प्रशिक्षकसँग काम गर्न खोज्नु डच शैलीलाई परिक्षण गर्न खोज्नु पनि हो । हाग २०१३÷१४ मा बार्यन म्युनिखको प्रमुख प्रशिक्षकको रुपमा काम गरेका थिए । त्यसयता ठूला लिग र चर्चित क्लबको नेतृत्व लिन पाएका छैनन् । उनले अहिलेसम्म कुनैपनि इङ्लिस क्लबको जिम्मेवारी सम्हालेका छैनन् । यस पटक उनको लागि यो एउटा अवसरका साथै चुनौती पनि हुनेछ ।

एउटा ठूलो क्लबलाई कुन बाटोमा डो¥याउने यो उनको लागि चुनौतीको विषय रहनेछ । म्यानचेस्टर युनाइटेड जस्तो एक चर्चित क्लबको जिम्मेवारीले उनको प्रशिक्षण शैलीको परीक्षण र शंका गर्नेहरुका लागि चिर्ने अवसरको रुपमा हुनेछ ।
उनले अहिलेसम्म ठूलो इङ्लिस क्लबको अनौठो फम्र्याटमा काम गरेका छैनन् । उनलाई इङ्लिस क्लबको खेलको मागको बारेमा थाहा छैन । जसमा शक्ति सञ्चय र खेलमा सन्तुलन मिलाएर जानुपर्छ । खेलाडीलाई आराम भन्ने कुरा एकदमै कम हुन्छ । खेलाडीलाई कुन अवस्थामा कसरी तयार पार्ने त्यो उनको लागि चुनौतीको विषय हुनेछ ।

उनले खेलाडी अनुबन्धको विषयमा पनि सोच्नु पर्छ । विश्वकपको वर्ष खेलाडीहरु आफ्नो देशको लागि खेल्न व्यस्त हुने सिजन हो त्यो बेला खेलाडी व्यवस्थापन कसरी गर्ने उनले सोच्नुपर्ने हुन्छ ।

रोनाल्डोबारेको चिन्ता

डच प्रशिक्षक हागलाई पोचुर्गिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसम्बन्धी समस्या कसरी समाधान गर्ने भन्ने विषयमा सोच्नु एकदमै महत्वपूर्ण हुनेछ ।

हालसम्म क्लबको मुख्य आकर्षणका रुपमा रहेका उनले यस सिजनमा २१ गोल गरेका छन् ।

उनको उपस्थिति क्लबका लागि एक आकर्षण केन्द्र तथा सुपरस्टार रोनाल्डोको तलब र अन्य खेलाडीको खेललाई कसरी व्यवस्थापन गर्ने यो पनि हागको मुख्य चुनौती हो ।

रोनाल्डोको विषयमा उपयुक्त निर्णय लिन नसक्ने हो भने उनलाई क्लबको अन्य समस्याको समाधान गर्न निकै गाह्रो हुनेछ ।

हुन त उनले रोनाल्डोको व्यवहारलाई लिएर कुनै पनि आपत्ति जनाएका छैनन् । एक स्टार खेलाडीमा व्यवहारिक समस्या हुने तथ्यलाई उनले राम्ररी बुझेको बताएका छन् ।

खेलाडी अनुबन्धनको समस्या

युनाइटेडमा यस सिजनको गर्मीमा १० खेलाडीको सम्झौता सकिँदैछ । त्यसमा केही चर्चित खेलाडी छन् त केही खेलाडीले निकै कम खेल खेलेका छन् ।

पाउल पोग्बा, जेसे लिङ्गार्ड, इडिन्सन कभानी र जुआन माटाको सम्झौता यो सिजनको अन्त्यसँगै सकिन्छ । फिल जोन्स २०२३ सम्म रहन्छन् । तर उनले २ बर्षमा २ खेल मात्र खेलेका छन् ।

त्यसपछि आउँछन्, गोलरक्षक डिन हेडर्सन, सेन्ट्रल डिफेन्डर एरिक बेली र फरर्वाड मार्कस । जसले हालसम्म ओल्ड ट्रफोडमा बस्ने÷नबस्ने निश्चित गरिसकेका छैनन् ।

एन्थोनी मार्सल, डोनी भान डी वीक र ब्रेडन विलियम्सले पनि क्लब छाड्ने चर्चा छ ।

यसरी हेर्दा युनाइटेडले नयाँ सिजनका लागि टिम बनाउँदा धेरै विचार गर्नुपर्नेछ । युनाइटेडमा खेलाडी चयन यसै पनि सहज र सजिलो विषय होइन ।

सेन्ट्रल डिफेन्समा कमजोर देखिएको युनाइटेडका लागि अब प्रशिक्षकले राम्रा डिफेन्डरको चयन गर्नुपर्छ ।

युनाइटेडमा अहिले स्ट्राइकरको मुख्य भुमिकामा देखिएका रोनाल्डो बाहेक अन्य खेलाडीको भर पर्ने अवस्था युनाइटेडको छैन ।

अब हागले, खेलाडी छनोट गर्दा टिमको आवश्यकतालाई ध्यानमा राख्नुपर्छ । हुन त रोनाल्डोको आगमनले टिममा निकै नै भार कम भएको छ ।

महत्वपूर्ण खेलाडी मानिएका मेग्वेर र आरोन वानबिसालाई निरन्तरता दिनु पर्नेमा अन्तरिम प्रशिक्षक राल्फ रागंनिकले जोड दिएका छन् । यी दुई खेलाडीले लिभरपुल र युनाइटेड दुवै टिमलाई राम्रो बनाउन निकै सहयोग गरेको प्रशिक्षक रांगनिकले बताए ।

यो कमजोर सिजनको सुरुवातमा नै म्यानचेस्टर युनाइटेडको डिफेन्स लाइन राम्रो नभएको अनुभव भइसकेको थियो । अहिले पनि डिफेन्सिभ मिडफिल्डरको आवश्यकता खड्किएको छ ।

२०१६ मा म्याग्वेर, राफेल, भिक्टर लिन्डेल र वाइलीलाई १८० मिलियन युरोमा खरिद गरे पश्चात पनि युनाइटेड केही बलियो देखिएको थियो ।

अझै पनि यसुनाइटेडलाई उत्कृष्ट स्टाइकर थप गर्नु पर्ने जरुरत देखिन्छ ।

समर्थकको अपेक्षामा

युनाइटेडका समर्थक टिमबाट धेरै अपेक्षा राख्छन् । इङ्लिस टिम युनाइटेडका खेलाडी र प्रशिक्षक दुवैले समर्थकको अपेक्षालाई विशेष ध्यानमा राख्नुपर्छ ।

२०१७ मा युरोपा लिग जितेपछि युनाइटेडले कुनै उपाधी जितेको छैन । यो सिजन युनाइटेडले शीर्ष चारमा स्थान बनाउन सकेन भने पछिल्लो ९ सिजनमा चौथोपल्ट च्याम्पियन्स लिग गुमाउनेछ ।

केही मानिसहरु यो सबैकुरा सुधार गर्न हागलाई समय दिनुपर्छ भन्ने पक्षमा छन् । जित निकाल्नु दोस्रो कुरा हो, पहिले टिममा भएको समस्या समाधान गर्न सक्नुपर्छ ।

ओल्ड ट्राफोट वरिपरिको क्षेत्रका मानिसहरु भने हागले पहिलो खेलमा सफलता हात पार्न सकेमा मात्र उनको पदले सार्थकता पाउने बताउँछन् । उनी प्रशिक्षकको रुपमा सहि मानिस हो कि होइन भन्ने प्रमाण्ाित गर्ने समय भने उनको लागि पहिलो खेल हुने समर्थकको बुझाई छ ।

बीबीसीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?