+
+

काभ्रेमा गठबन्धनभित्र मिल्यो भागबण्डा, धुलिखेलको मेयर एकीकृत समाजवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:२३

११ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच काभ्रेमा बागबन्डा मिलेको छ ।

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका नेतृत्व लिनेछ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिनेछ ।

नेकपा माओवादी केन्द्रले भने ४ गाउँपालिकाको नेतृत्व पाउनेछ जसमा चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्‍य रुकु चौलागाईंका अनुसार अब गठबन्धनमा रहेका दलहरु उम्मेदवार चयनमा जुट्नेछन् । उनले भने, ‘भागबन्डा मिलेको छ । अब उम्मेदवार तय गरेर भोलि उम्मेदवारी दर्ता गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?