+
+

एमालेबाट विराटनगरको मेयरका आकांक्षीमा लालबाबुसहित ३ जना थपिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:२०

११ वैशाख, काठमाडौं । नेकपा एमालेले उम्मेद्वार टुंग्याउन बाँकी विराटनगर महानगरपालिकामा आकांक्षी नेताहरु थपिएका छन् । महानगर कमिटीले पाँच जनाको नाम पठाएको थियो ।

तर महानगरमा हेभिवेट नेता उम्मेदवार बन्नुपर्ने पार्टी नेताहरुको सुझावपछि सम्भावित उम्मेदवारका रुपमा नेताहरुको नाम थपिएको एक नेताले बताए । उनका अनुसार, पूर्वमन्त्री लालबाबु पण्डित, पूर्व प्रदेशमन्त्री जीवन घिमिरे र गुरु बरालको नाम थपिएको छ ।

विराटनगर महानगर कमिटीले भने यी नेताहरुको नाम बाहेक पाँच जनाको नाम सिफारिस गरेको छ ।

महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कमिटीमा पठाइएको छ ।

शनिबार बसेको सचिवालय बैठकले ५ महानगरको उम्मेद्वार टुंग्याएपनि थप अध्ययन आवश्यक रहेको भन्दै विराटनगर महानगरको उम्मेदवारबारे निर्णय गरेको थिएन । नेताहरुको परामर्शमा अध्यक्ष केपी शर्मा ओलीले विराटनगर महानगरको उम्मेद्वार टुंग्याउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?