+
+

दाङको गन्धौला नाकामा ५ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २१:३७

११ वैशाख, दाङ । दाङको राजपुर गाउँपालिका–७ स्थित गन्धौला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् ।

आइतबार दिउँसो दुई बजे खरका छाना भएको घरमा आगलागी हुँदा घरमा भएको अन्नपात, लुगालत्ता, पशुचौपाय जलेर नष्ट भएको स्थानीयबासिन्दाले जानकारी दिए ।

भारतीय वन क्षेत्रमा लागेको आगोको झिल्को हावाले उडाएर नेपालतर्फ रहेका खरका छाना भएको घरमा लागेपछि घर जलेर खरानी भएको स्थानीय प्रमोद घर्तीले बताए ।

आगलागीबाट राजपुर गाउँपालिका ७ गन्धैलानाकाका रामबहादुर बिक, निमबहादुर पुन, बमहादुर पुन, जिवलाल विक र गणेश पुनको घरमा घर जलेर पूर्णरूपमा नष्ट भएको घर्तीले बताए ।

आगलागीबाट गाई गोठ पनि जलेका छन् । गोठमा रहेका गाई, बाख्रा, चल्लासमेत जलेका छन् । वरपर अझै अन्य ४ घर पनि जोखिममा रहको घर्तीले अनलाइखबरलाई बताए ।

आगलागीबाट अन्नपात, सुन,धन, माल, लत्ताकपडा लगायत सबै जलेर नष्ट भएकाले पीडितहरु छिमेकीको घरमा गएर बसेका छन् । आगलागीबाट पाँचवटा घरका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

अहिले आगो सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको सम्पूर्ण विवरण भने आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?