+
+

पोखराको मेयरमा कांग्रेस नेता सापकोटाले पनि दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:१६

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका जिल्ला नेता ऋषि सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।  सत्तारुढ गठबन्धनले उम्मेदवारी भागवण्डा गर्दा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई परेको छ । त्यसबाट असन्तुष्ट कांग्रेसका कतिपय नेता कार्यकर्ताले  स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।

सापकोटा नेपाली कांग्रेसको कास्की जिल्ला समितिको पूर्वकोषाध्यक्ष हुन् । उनी २०५४ सालदेखि ०६४ सालसम्म पार्टीको जिल्ला समितिको कोषाध्यक्ष थिए । हाल उनी पार्टीको क्रियाशील सदस्य छन् ।

यसअघि कांग्रेसका  नेता विमल कार्कीले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई उम्मेदवार बनाएको छ ।

आइतबारमात्रै पोखराको मेयर आफूहरुले पाउनुपर्ने भन्दै पोखराका नेता, कार्यकर्ताले जिल्ला सभापतिसहितका टोलीलाई पार्टी कार्यालयमै ५ घन्टा थुनेका थिए । अन्तिममा सभापतिले पोखराको मेयरबाहेक अन्य पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जानकारी दिएपछिमात्रै तालाबन्दी खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?