+
+

सिद्धिचरण नगरपालिकाको मेयरमा एमालेबाट गुरुङको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:५६

१२ वैशाख, ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकामा नेकपा एमालेबाट इच्छाकुमारी गुरुङले मनोनयन दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतले उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।

जिल्लाका आठ वटै निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धनका दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथै अन्य दलहरु नेकपा एमाले, जनता समाजवादी लगायतका साना तथा ठूला दलहरुको सोमबार विहानैदेखि मनोनयन दर्ता गर्ने क्रम सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बाजा, गाजा, र्‍याली, झाँकी सहित पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?