+
+

भरतपुर महानगरको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:००

१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?