+
+

ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १९:२०

१२ वैशाख, काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ ।

फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् ।

उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाङ्फेले मनोनयन दर्ता गरेका हुन् ।

फक्तालुङ गाँउपालिकाका निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार, वडा नं. ६ का सबै पदमा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, मनोनयन दर्ता गर्न आएकाहरुको साथमा आएका थप दुईजना व्यक्ति सबै पदका मनोनयनकर्ताको प्रस्तावक र समर्थक बनेका थिए । सबै पदमा स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?