+
+

डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १२:३०

१३ वैशाख, डोल्पा । डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो ।

यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे भन्ने खुलेको छैन तर आफूविरुद्ध उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

घाइते भएका धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन् । कुटपिटबाट घाइते धावाको टाउकोमा गहिरो  चोट लागेको र उपचारसम्म नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । यसबारे प्रहरी प्रशासनले भने जानकारी नभएको बताएको छ ।

घटनाबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले पनि आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?