+
+

अमेरिकी फिल्म फेस्टिभलमा महेश त्रिपाठी सर्वोत्कृष्ट अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ११:३३

काठमाडौं । फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो ।

अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन र लीलाई उछिन्दै नेपाली अभिनेताले बाजी मारेका हुन् ।

यसअघि उक्त फेस्टिभलमा ‘हल्कारा’ले सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा समेत अवार्ड जितेको छ । गाउँमा खबर पुर्‍याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा हल्कारा पात्रको भूमिकामा महेश फिचर्ड छन् । उनी अभिनित ‘म राजेश हमाल’को छायांकन सकिएको छ र केही छोटा फिल्म रिलिज तयारीमा छन् ।

फिल्मको वल्र्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । फिल्मलाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी रहेको निर्माता रामकृष्ण पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा महेश र विनिता थापामगरको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?