+
+

आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:०९

१३ वैशाख, काठमाडौं । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ ।

आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।

एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली भेगमा भारतले ८.२, बंगलादेशले ६.४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?