
१३ वैशाख, बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेबाट दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका-१ की लक्ष्मी दमाइ र सोही गाउँपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएका हुन् ।
ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4