+
+

हनिमुन मनाउन वर्षा पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १३:३२

काठमाडौं । हनिमुन सिजन सुरु भएको छ र नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छन् ।

इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन् ।

पति आशिष गेलालसँग वर्षा आइतबार पोखरा उडेकी हुन् । वर्षाले किस्ता–किस्तामा आफ्नो विवाहका भिडियो र तस्वीर सेयर गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?