+
+

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १७:५५

१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ ।

आफूविरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?