+
+

चुनाव प्रचार सामग्री बनाउन भ्याई नभ्याई (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ वैशाख १४ गते १२:४३

१४ वैशाख, काठमाडौं। ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ ।

आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्‍यस्त देखिन्छन् ।

बागबजारमा रहेको कामना आर्टसका नरेश चौधरी चुनाव नजिकिदा विभिन्‍न राजनीतिक दलका प्रचार सामग्री छाप्‍न भ्‍याई नभ्याई रहेको बताए ।

उनले अनलाइनखबरसँग भने’ स्थानीय चुनाव आउन लाग्दा विभिन्‍न राजनीतिक दलहरुले चुनाव प्रचार सामग्री बनाउन व्‍यस्त छु। अहिले त हामीलाई दैनिक १० हजार बढी प्रचार सामग्रीहरु छाप्नुपर्छ। यसका लागि थप काम गर्ने मान्छे राख्नु परेको छ। ‘

यस्तै बागबजारमै रहेको आर्ट इन्टरनेशनलकी माया चौधरीलाई पनि चुनाव प्रचार सामग्री छाप्न भ्याई न भ्याई छ। उनी भन्छिन्, ‘चुनावी गतिविधि बढेपछि त हामीलाई रातदिन नसुति प्रचार सामग्री बनाउनु परेको छ। दैनिक ८ हजार बढी छाप्छौं।’

खासगरी मुख्‍य राजनीतिक दलले बढी प्रचार सामग्री अर्डर दिएको उनले बताइन् ।

हेर्नुस् तस्वीरहरु : 

 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?