+
+

पोखरामा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १७:५०

१५ वैशाख, पोखरा । नेपाली कांग्रेस गण्डकीको पोखरा ३, तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘नाराबाजीसहित तोडफोड भइरहेको छ भन्ने सूचनाका आधामार त्यहाँ पुगेका थियौं,’ डिएसपी तिवारीले भने, ‘त्यसमध्येबाट २३ जनालाई नियन्त्रणमा लिएका छौं । क्षतिको विवरण आउन बाँकी छ ।’ उनले तोडफोडमा कति जना संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो ।

१८ र २४ वडा का नेता तथा कार्यकर्ताले आइतबार जिल्ला सभापतिसहितका पदाधिकारीलाई ५ घण्टा जिल्ला पार्टी कार्यालयमा थुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?