+
+

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना, एक जनाको मृत्‍यु, २८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १८:११

१५ वैशाख, मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको  ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थयात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनलाइनखबरलाई बताए ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बस दुर्घटनामा २८ जना घाइते भएका छन् ।  मृत्यु हुने ३८ वर्षकी महिला रहेको उनले बताए ।

उनले भने, ‘कागबेनीमा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। उनी स्कुटरमा सवार थिइन् । स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको प्रारम्भिक जानकारी छ।  दुर्घटनामा २८ जना घाइते यात्रु घाइते छन् । ‘

उनका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?