+
+

मिलन चाम्सको ‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १८:५९
फाइल तस्वीर

काठमाडौं । मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि भित्रिएकी छन् । मुख्य भूमिकामा साम्राज्ञीलाई पनि अनुबन्धित गरिएको स्रोतले जनाएको छ ।

फिल्मको मुख्य भूमिकामा यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेका छन् । प्रमुख भूमिकामा देखिने गरी साम्राज्ञी पनि भित्रिएको जनाइएको छ ।

कमेडी रोमान्स ड्रामालाई वैशाख ३० गते हुने स्थानीय चुनावपछि फ्लोरमा लैजाने तयारीमा निर्देशक चाम्स छन् । चाम्सकै एक अनटाइटल फिल्ममा समेत साम्राज्ञी यसअघि नै अनुबन्धित भइसकेकी छन् ।

‘वर एण्ड वधु’मा किरण केसी र विजय लामाको समेत अभिनय हुनेछ । फिल्मलाई एलआरके इन्टरटेनमेन्टले निर्माण गर्दैछ । चाम्स निर्देशित ‘गोर्खा वारियर २’ निर्माणाधीन छ भने साम्राज्ञी नयाँ फिल्म ‘लण्डन टु पेरिस’को छायांकनमा जाने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?