+
+
तिलोत्तमामा कांग्रेस–माओवादीको घोषणापत्र :

‘नगरपालिकाको प्रशासनिक भवनमा अस्पताल सञ्चालन’

कांग्रेस–माओवादी गठबन्धनले तिलोत्तमा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख १६ गते १२:४३

१६ वैशाख, बुटवल । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले तिलोत्तमा नगरपालिकामा स्थानीय तह निर्वाच्नको घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा हाल नगरपालिकाले लिंदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था खारेज गरी पूर्ण सरकारी वजेटमा बनाउने प्रतिवद्धता गरिएको छ ।

यस्तै ३० युनिट विद्युत महशुल र खानेपानीको न्युनतम महशुल निःशुल्क गर्ने, इन्डक्सन चुलो खरिदमा ६० प्रतिशत अनुदान दिने प्रतिवद्धता पनि जनाइएको छ । यस्तै एक घर ः एक रोजगार वा व्यवसाय नीति कार्यान्वयन, अव्यवस्थित वस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपूर्जा वितरण गरी सुकुम्बासी समस्या सधैंका लागि अन्त्य गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा जनाइएको छ ।

कांग्रेस–माओवादी गठबन्धनले तिलोत्तमा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । करोडौं लागतका सुविधासम्पन्न भवनमा बस्दा जनप्रतिनिधि सुविधाभोगी भएको नकारात्मक सन्देश गएकाले प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गरी साधारण र कम लागतका प्रशासनिक भवन बनाएर बस्ने मेयरका उम्मेदवार रामकृष्ण खाँणले प्रतिवद्धता जनाए । तिलोत्तमा नगरपालिकाले वडा नंं ६ को कुञ्जलापुरमा ८ विघा क्षेत्रफलमा करिब ६ करोड रुपैयाँ लागतमा प्रशासनिक भवन बनाएको छ ।

जनताबाट उठाएको करबाट शालिक, गेट, स्तम्भ, भ्यू टावर जस्ता संरचनाहरु नबनाउने घोषणापत्रमा उल्लेख छ । यस्तै सरकारी वजेटबाट उपहार र भोजभतेरमा पूर्ण रुपमा बन्देज लगाउने, जन्म, विवाह, मृत्यु दर्ता बसाइसराइ प्रमाणपत्र नागरिकको घरमै गएर सेवा दिने प्रतिवद्धता गरिएको छ ।

अध्ययनसंगै स्वआर्जन गर्न सकिने प्राविधिक क्याम्पस सञ्चालन, सामुदायिक विद्यालयमा दिइने दिवा खाजाको रकममा शत प्रतिशत वृद्धि गरिने, दीर्घकालीन योजना अन्तर्गत तिलोत्तमा प्राविधिक विश्वद्यिालय स्थापनाको पहल गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रत्येक वडाबाट तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेकानिकल सब ओभरसियर तालिमका लागि हरेक वर्ष छात्रवृत्ति दिने, सबै वडाका स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने, अपांग र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार, सुत्केरी भत्ता, सस्तो औषधि पसल सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै रात्रीकालीन नगर सुरक्षा व्यवस्था, सरकारी जग्गाको संरक्षण र उपयोग गरिने तर भोगाधिकार कसैलाई नदिइने, सार्वजनिक स्थानमा फ्री वाइफाइ र सीसीटीभी जडान गर्ने प्रतिवद्धता छ । यस्तै मोबाइल एप तथा डिजिटल प्रणालीमार्फत घरमै बसेर दर्ता तथा सिफारिस सेवाहरु लिन सकिने व्यवस्था र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागु गर्ने मेयर खााँणको घोषणापत्रमा छ ।

यस्तै सबै वडामा खेल मैदान र खेल प्रशिक्षक व्यवस्था, ५ वर्षभित्र कभर्ड हल निर्माण आरम्भ, प्रतिभावान खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ ।

एक वडा एक कृषि हाटबजार, ५ लाख रुपैयाँसम्म लगानीका कृषि उद्यमको दर्ता निःशुल्क र एक वर्षसम्म कर छुट तथा सामूहिक खेती प्रणालीलाई प्रवद्र्धन गरिने प्रतिवद्धता जनाइएको छ ।

यस्तै नगरभित्र विद्युतीय बस सञ्चालन गर्ने, ५ वर्षभित्र तिलोत्तमा चक्रपथ निर्माण गर्ने, नागरिक लगानी आवास योजना कार्यान्वयन गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा जनाइएको छ ।

प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र र बाल उद्यान पार्क बनाइने, फोहोर व्यवस्थापनको शुल्क नलिने, रोहिणी, सुखौरा र तिनाउ नदीबाट हुने कटान रोक्न तटबन्ध गर्ने, तिलोत्तमा नगर रोजगार योजना अन्तर्गत उत्पादनको आधारमा पारिश्रमिक दिने, तालिम प्राप्त वा प्लस टु पास गरेका युवालाई चार प्रतिशत ब्याज दरमा ५ लाख रुपैयाँ विना धितो कर्जा दिइने प्रतिवद्धता छ ।

तलब भत्ता सामाजिक काममा

मेयर पदका उम्मेदवार रामकृष्ण खांणले आफूहरुले जितेपछि राज्यबाट पाउने तलब भत्ता गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति र सामाजिक काममा लगाउने प्रतिवद्धता जनाए । उनले नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजु शून्य नेपालकै नमूना पालिका बनाउने बताए ।

एमाले नेतृत्वमा हुँदा नगरपालिकाभित्र नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउंदै खाँणले आफूहरुले नगरपालिलालाई सुशासनको नमूना बनाउने बताए ।

केपी ओली नेतृत्वको साढे ३ वर्षे शासनकालमा स्थानीयदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार मौलाएको र संविधानमाथि प्रहार गर्दै प्रतिगमन भएकाले सत्तारुढ पाँच दल एक ठाउँमा उभिनुपरेको बताए । उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले संविधानका उपलब्धि रक्षा गर्न गठबन्धन आवश्यक रहेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?