+
+

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १९:२४

१६ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ ।

बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।

त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ । अन्य पदम भने राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताए ।

उनका अनुसार जिल्लाका अरु स्थानीय तहमा पनि मिलेर निर्वाचनमा जाने सहमति राप्रपासँग भएको छ ।

बागलुङका अरु ९ स्थानीय तहमा स्थानीय समझदारीको आधारमा एक अर्कालाई सहयोग गरेर जाने सहमति भएको वार्ता टोलीका सदस्य तथा राप्रपाका सदस्य शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?