+
+

३४ करोडभन्दा बढीको सुपारी आयात गर्दै श्रीराम टोबाको

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १८:०४

१६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको श्रीराम टोबाको उद्योगले झण्डै २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ ।

उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्र्रिकटन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र समेत खुलिसकेको छ ।

उक्त परिमाणको सुपारी इण्डोनेसियाबाट खरिद गर्न लागिएको उद्योगले जनाएको छ । इण्डोनेसियामा प्रतिकिलो सुपारीको मूल्य १४७ रुपैयाँ नेपाली पर्छ ।

लामो विवादपछि गत महिना सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात कोटा निर्धारण गरेको थियो । जसमध्ये श्रीराम टोबाकोले सुपारी र अन्य ७ कम्पनीले मरिच आयातका लागि प्रक्रिया सुरु गरेका थिए ।

डाबर नेपालले केही मात्रामा मरिच आयात थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?