+
+

प्युठानको झिमरुकमा एमाले-माओवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १८:५८
बिष्णु घर्ती र पीतबहादुर एमसी

१६ वैशाख, प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।

सहमति अनुसार अध्यक्षमा माओवादीका पीतबहादुर एमसी र उपाध्यक्षमा एमालेकी बिष्णु घर्तीको उम्मेदवारी कायम राखिएको छ ।

झिमरुकको अध्यक्षमा मनोनयन दर्ता गरेका एमाले उम्मेदवार हुकुमबहादुर खड्का र उपाध्यक्षमा मनोनयन दर्ता गरेकी माओवादी उम्मेदवार रुपमा जिसीले मनोनयन फिर्ता लिएका छन् ।

माओवादीले अध्यक्षसहित ३ वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित ५ वटा वडाध्यक्ष लिने सहमति भएको एमाले झिमरुक पालिका कमिटी अध्यक्ष ईन्द्रमणी पोख्रेलले जानकारी दिए ।

सत्ता गठबन्धनभित्रका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने सहमति भएपछि झिमरुकमा माओवादी एक्लिएको थियो ।

जनमोर्चा र कांग्रेसबीचको तालमेल अनुसार जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी र उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?