+
+

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

अनिल खत्री अनिल खत्री
२०७९ वैशाख १७ गते १३:१९

१७ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए ।

घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ । माओवादी केन्द्रका उम्मेदवार पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका शिव खत्री निर्वाचित भएका थिए ।

धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ । जस अनुसार अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनार उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?