+
+

भैरहवा विमानस्थल पुन: सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १८:५९

१७ वैशाख, काठमाडौं । वुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमवुद्ध विमानस्थलमा उडान- अवतरण फेरि सञ्चालन भएको छ ।

शनिबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको वुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्कियपछी जहाज रनवेमै अड्किएको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

शनिबार अपरान्ह ४  बजेपछि दुई हजार ५०० मिटर धावनमार्ग खुला गरेर रोकिएको जहाज उडाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवाका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?