+
+

जिम्बाबे ‘ए’विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १३:०१

१८ वैशाख, काठमाडाैं । जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाबे टोलीले त्रिबि मैदानमा टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल क्रिकेट संघ क्यानले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतलिका परिवर्तन गर्दा आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो ।

युवा अलराउण्डर वासिर अहमदले पहिलोपल्ट सिनियर टिममा अवसर पाएका छन् । टेष्ट मान्यताप्रप्त जिम्बाबेको ए टिम भएको हुनाले यो शंखलाले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन ।

जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवशीय खेलको शृंखलाका लागि नेपाल आएको छ ।

नेपाली टोलीः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहोरो र वासिर अहमद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?