+
+

प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १७:२९

१८ वैशाख, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई विदाइ गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका हुन् ।

उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकासका ब्यारेल नराख्ने तयारीमा सरकार रहेको छ ।’ यस विषयमा प्रारम्भिक छलफल थालिएको उनले बताए ।

मन्त्री खाणले दुवै सुरक्षा फौजमा सेवाअवधिका लामो समयदेखि असीमित क्षमता हुँदाहुँदै पनि ठूलो संख्यामा प्रहरी अधिकृतहरुलाई बिदा गर्न परिरहेको बताउँदै उनले भने, ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ ।’

प्रहरी नेतृत्वमा पुग्न लागेकाले ३० वर्षे सेवा अवधि लाग्नु हुँदैन भन्ने गरेको बताउँदै उनले संस्थालाई हित हुने र कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने गरी निर्णय गर्नेबारे छलफल गरिरहेको बताए ।

सरकारको चाहना उमेरहदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाणले बताए ।

‘चाहना त पहिल्यै नै मिलान गरिदिउँ भन्ने थियो तर, अहिले लामो समयसम्म संस्थालाई हामीले व्यवस्थितरूपमा चलाउन पनि सकिएन, निर्वाचन पनि आइसकेका कारणले निर्वाचनको सम्मुखमा नीतिगत यस्ता ठूला निर्णयहरू नगरौँ भन्ने हिसावले रहेको छ,’ गृहमन्त्री खाणले भने, ‘उपयुक्त समयमा यो विषयमा हामीले खास निर्णय गर्नेछौँ ।’

उनले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको बताए । त्यसका लागि उनले अवकास भएर जान लागेका दुवै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे।



सीमा सुरक्षा, नागरिकको जीवन रक्षा र राष्ट्रमा हुने विभिन्न अवाञ्छनीय गतिविधि र अपराधिक घटनाको रोकथाम र प्राकृतिक विपद्का वेलामा कठिन समयमा साहसजन्य काम दुबै प्रहरी संगठनले सीमित स्रोत र साधनको प्रयोग गरेर गरेका छन्,’ गृहमन्त्री खाणले भने ।

गृहमन्त्री खाणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताए । ‘नेपाल प्रहरीमा शैलेश थापाले ज्यादैनै सफलताका साथ आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो कारणले कहिलेकाही विवादमा आउनु भयो होला, तर आफ्नो कार्यक्षेत्र, अधिकार र निर्णयका कारणले कुनै पनि विवादमा आउनुभएन ।’

गृहमन्त्री खाणले मन्त्रालयको भूमिकाका हिसावले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?