+
+

प्युठानमा चुनाव प्रचारको क्रममा लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ११:४२

१९ वैशाख, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?