 
																			९ पुस, प्युठान । प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मंगलवार साँझ गोठिबाङ्ग खोलाबाट ढुंगा बोकेर मल्लरानी–३ चौरपानी तर्फ जाँदै गरेको रा. १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ऐरावती–२, तेस्रापाटाका सहचालक २७ वर्षीय बिजय सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका चालक २३ वर्षीय शान्त बहादुर रावत घाइते छन् । घाइते चालकको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4