+
+

पूजालाई युद्धको बर्थडे पार्टी, असारमा बिहेको तयारी !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ११:३४

काठमाडौं । अभिनेत्री पूजा शर्मा यसै सातादेखि ३० वर्ष लागिन् । जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त रहिन् । मन्दिरदेखि सुरु भएको उनको बर्थडे राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा टुंगिएको थियो ।

त्यही दिन वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । लगत्तै फ्यानसँग दुई घण्टा बर्थडे मनाइन् । फ्यानले दुई लाख रुपैयाँभन्दा बढीका गरगहनासहितका गिफ्ट पूजालाई दिए ।

प्रेमिकाको लागि युद्धले फरेनहाइटमा पार्टी आयोजना गरेका थिए, जहाँ उनी निकट कलाकार सहभागी थिए । पूजाले त्यहाँ पाँच पाउण्डको केक काटिन् । केही वर्षयता पूजा र युद्ध प्रेम सम्बन्धमा छन् ।

स्रोतका अनुसार पूजा र युद्ध जेठमा इन्गेजमेन्ट र असारमा विवाह गर्ने तयारीमा छन् । ‘असारमै बिहे गर्ने तयारी छ । असारमा नभए माघमा जसरी पनि हुन्छ,’ पूजा निकट स्रोतले भन्यो, ‘अहिले उनीहरु त्यहीअनुसार योजना बनाइरहेका छन् ।’

तस्वीर : क्लब फरेनहाइटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?