+
+

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १३:१६

१९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् ।

अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?