+
+

ठमेलको एलओडी क्लबमा राहुल गान्धीले बिताए डेढ घण्टा 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १३:४९

काठमाडौं । भारतको कांग्रेस आईका नेता राहुल गान्धी अहिले नेपालमा छन् । साथी तथा सीएनएन पत्रकार सुम्निमा उदासको विवाहमा भाग लिन गान्धी काठमाडौंमा आएको जनाइएको छ ।

नेता गान्धीले सोमबार राति ठमेलस्थित एलओडी लाउन्ज पुगेर ‘ह्याङआउट’ गरे । सामान्य व्यक्तिजस्तै लाउन्जमा पुगेर उनी रमाइलोमा सरिक भएको तस्वीर र भिडियो बाहिरिएको छ ।

विना सुरक्षाकर्मी एलओडी पुगेका राहुल पुगेको खबरपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हाई प्रोफाइल व्यक्ति आएपछि क्लबका सबैजना ‘सरप्राइज’ भएका थिए ।

क्लबका अनुसार गान्धीसहित २५ जनाको टोली एलओडी पुगेका थिए । क्लबकै सुरक्षाकर्मीले गान्धीको सुरक्षा व्यवस्था मिलाएका थिए । मध्यरातमा ठमेल पुगेका राहुलले डेढ घण्टा त्यहाँ बिताए ।

क्लबको भीआईपी सेक्सनमा उनले सफ्ट ड्रिंक लिएको जनाइएको छ । क्लबभित्रको लाइट र चमकधमकमा उनी केही समय हल्लिएको देखिन्छ । नेपालमा पाँच दिन रहने गान्धीले मुस्ताङ भ्रमण गर्ने समेत जनाइएको छ । उनी नक्सालस्थित होटल मेरियटमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?