+
+

मदनकृष्णको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १८:०१

काठमाडौं । अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । यसअघि पुरुष र महिला भर्सनमा हिट भइसकेको गीतको नयाँ संस्करण मंगलबार मदनकृष्णको ७२ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेको गीतमा अभिनेत्री आँचल शर्माले पनि अभिनय गरेकी छन् । उनी मदनकृष्णको नातिनीको चरित्रमा देखिएकी छन् । बिरामी भएपछि स्मृति गुमाएका हजुरबुबाले आफूलाई भेट्न गाउँ फर्किएकी नातिनीसँग गरेको संवादको कथावस्तुमा गीति भिडियो तयार पारिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईंको छायांकन र सम्पादन छ ।

कार्यक्रममा भिडियो हेरेर आँचलले हर्षका आँशु बगाइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधैं नै विशेष रहने बताए ।

कार्यक्रममा केक काटेर मदनकृष्णको जन्मदिनसमेत मनाइएको थियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?