+
+

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा भद्रपुर रोडमा सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:३२

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । मंगलबार आयाजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकेाटीले गरे ।

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा उपस्थितलाई बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कृतज्ञता ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?