+
+

६ महिनापछि बस्यो लुम्बिनी प्रदेश सभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:४७

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशन ६ महिनापछि मंगलबार सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो ।

यसअघि १ मंसिरमा प्रदेशसभाको नवौं अधिवेशन सम्पन्न भएको थियो । संविधान अनुसार वैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो । त्यसअघि नै मंगलबार बसेको प्रदेशसभाको बैठक सुरु हुनासाथ विपक्षी एमालेले अवरोध गर्‍यो ।संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभामा प्रतिपक्षीको मागलाई सुनुवाइ नगरेकाले सदन चल्न नदिने पुरानै अडान दोहोर्‍याए ।

एमालेले नाराबाजी गरेपछि केहीबेरमै स्थगित भएर दोस्रो बैठक बसेको थियो । एमालेका सांसद विनै बसेको दोस्रो बैठकमा सत्तापक्षका सांसदहरुले एमाले गैरजिम्मेवार भएर प्रदेशसभालाई बन्धक बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशका समितिहरु समेत निष्क्रिय भएको भन्दै प्रदेशसभाको ध्यानार्कषण गराइन् ।

प्रदेशसभामा युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खानले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८ पेश गरेका छन् ।

यस्तै सभामा बर्दियाको २ खबाट निर्वाचित सांसद दिपेश थारुले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिएकाले पद रिक्त रहेको सूचना जानकारी गराइएको थियो । प्रदेश सभाको अर्को बैठक जेठ १० गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?