News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा यमुना रोका मगर र सचेतकमा नवराज लामिछानेलाई नियुक्त गरेका छन् ।
- यसअघिका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।
२५ जेठ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछानेलाई नियुक्त गरेका हुन् ।
दुवै जनालाई आजैको मितिदेखि लागु हुने गरी नियुक्त गरिएको हो ।
यसअघि प्रमुख सचेतक रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए ।
चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
त्यस्तै सचेतक रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4