0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुदूरपश्चिममा एमालेले मन्त्री फेर्ने, मुख्यमन्त्री कार्यालय पठायो नयाँ नाम

स्रोतका अनुसार एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ २४ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ सांसदहरूलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
  • एमालेले नयाँ मन्त्री बन्ने सांसदहरूको नाम बुझाएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।
  • नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र असन्तुष्ट पक्षलाई सरकारमा सहभागी गराउने समझदारीका कारण सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुन लागेको हो ।

२४ जेठ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने भएको छ ।

कांग्रेसले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले पनि नयाँ सांसदलाई सरकार पठाउने भएको हो ।

स्रोतका अनुसार एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको छ ।

अहिले एमालेबाट सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की रहेका छन् । अब उनीहरूलाई फिर्ता हुनेछन् ।

एमालेले नयाँ मन्त्री बनाउने सांसदको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाइसकेको छ । शाहले भोलिसम्म सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

सन्तोश शर्मा थापालाई भौतिक पूर्वाधार, चक्र बहादुर मल्ललाई आन्तरिक मामिला, दमन भण्डारीलाई भूमि व्यवस्था र जानकी बम ऐर भौतिक पूर्वाधर (राज्यमन्त्री) को जिम्मेवारी दिइने भएको हो ।

कांग्रेसको आन्तरिक विवादको जगमा प्रदेश सरकार पुर्नगठन हुन लागेको हो । संसदीय दलको नेताबाट शाहलाई हटाउन कांग्रेसका ९ सांसदले हस्ताक्षर गरेका थिए ।

डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद जोगिएको थियो । अहिले कांग्रेसको असन्तुष्ट पक्षलाई सरकारमा पठाउने समझदारीअनुसार मुख्यमन्त्री शाहले मन्त्री हेरफेर गर्ने भएका हुन् ।

एमाले र कांग्रेसको निर्णयपछि मुख्यमन्त्री बाहेक सुदूरपश्चिम सरकारमा सबै मन्त्री नयाँ हुनेछन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?