News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको अभिव्यक्तिबीचको सम्बन्धबारे सर्वदलीय बैठकमा प्रश्न उठाएको छ ।
- बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले भारतद्वारा भइरहेको सीमा मिचाइ र ईपीजी प्रतिवेदनबारे लामिछानेको ध्यानाकर्षण गराए ।
- रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै दलहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
२५ जेठ, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबीच कुनै तादम्यता थियो वा थिएन ? भनेर प्रश्न गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा उक्त प्रश्न आफ्नो पार्टीको तर्फबाट राखिएको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिए । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । सो क्रममा राजनीतिक दलहरूबाट उठेका प्रश्नको जवाफ उनले दिएका थिए ।
‘प्रधानमन्त्रीको स्टेटमेन्ट र तपाईंको भारत भ्रमणबीच तादम्यता थियो कि थिएन ? यस्ता विषय उठे कि उठेनन् ? भनेर हामीले कुरा राख्यौं,’ महरले भने ।
साथै, उनले अहिले पनि भारतबाट सीमा मिच्ने काम भइरहेकोप्रति रास्वपा सभापति लामिछानेको ध्यानाकर्षण गराएको उनले बताए ।
‘अहिले पनि भारतले सीमा मिचिरहेका छन् । उहाँ भारत भ्रमणमा हुँदा पनि मिचिएको छ । यसका बारेमा छलफल भयो कि भएन भनेर सोध्यौं,’ उनले भने ।
सोही क्रममा एमालेले ‘ईपीजी प्रतिवेदनको विषयमा छलफल भयो कि भएन ?’ भनेर पनि एमालेले प्रश्न गरेको छ ।
प्रतिक्रिया 4