+
+

यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ११:५३

काठमाडौं । यदि तपाईं कारको शौखिन हो वा कारका विषयमा रुचि राख्नुहुन्छ भन्ने कुनैदिन अवश्य पनि सोंच्नुभएको होला कि संसारको सबैभन्दा ठूलो वा लामो कार कुन हो भनेर । संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? यसमा कतिजना मानिस बस्न सक्दछन् होला तथा त्यो कारमा कस्ता–कस्ता सुविधा हुन्छन् होला ? भन्ने जिज्ञासा पनि अवश्य हुन्छ ।

वास्तवमा संसारको सबैभन्दा लामो कार तपाईंको कल्पनाभन्दा पनि झनै भव्य तथा अनौठो छ । यो कारमा स्विमिङ पुल तथा हेलिप्याड समेत छ ।

संसारको सबैभन्दा लामो यो कार बनाउनका लागि एक, दुई होइन पूरै १२ वर्ष लागेको थियो ।

संसारको सबैभन्दा लामो यो कारको नाम ‘अमेरिकन ड्रिम’ हो । यो निकै पुरानो कार हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले यसलाई संसारको सबैभन्दा लामो कारको रुपमा सन् १९८६ मा दर्ज गरेको थियो ।

अमेरिकन ड्रिम कारको लम्बाई १ सय फिट छ । टाढाबाट हेर्दा यो कार कुनै टायवाला रेलजस्तो देखिन्छ ।

यो कार आफ्नो लम्बाइसँगै विभिन्न लग्जरी फिचर्सका कारण पनि चर्चामा रह्यो । कारको माथि एउटा निजी हेलिप्याड, मिनी गल्फ कोर्स तथा स्विमिङ पुल छन् । कारभित्र बाथटब, टिभीहरु, फ्रिज, टेलिफोन जस्ता सुविधाहरु समेत छन् । ७० सिट क्षमताको यो कारमा २६ वटा पांग्रा छन् । कारको दुबैतर्फ ख्ड इन्जिन रहेका छन् ।

यो कारलाई कुनै गाडी निर्माता कम्पनीले बनाएको होइन । जे ओहरबर्गले यो कारको डिजाइन गरेका थिए । उनी वास्तवमा कारका शौखिन थिए ।

यो कार तयार गर्न ओहरबर्गलाई करीब १२ वर्ष लागेको थियो । मुख्यरुपमा फिल्महरुमा प्रयोग गर्नका लागि यो कार निर्माण गरिएको थियो । कारलाई भाडामा पनि दिइन्थ्यो । कारको भाडा प्रतिघण्टा २ सय अमेरिकन डलरसम्म हुन्थ्यो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?