+
+

आईजीपी नियुक्तिसम्बन्धी विवाद माथेमाको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:०५

२१ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।

१८ वैशाखमा बसेको मन्त्रिपरिषदले पहिलो र दोस्रो वरियतामा रहेका एआईजी छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट दिएका थिए ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?